राप्रपाको केन्द्रीय कार्यसम्पादन समिति बैठक बस्दै
प्रकाशित मिति : 9 June, 2023 10:40 am
काठमाडौँ । राप्रपा केन्द्रीय कार्यसम्पादन समितिको बैठक आज बस्ने भएको छ ।
आज बिहान साढे ११ बजे केन्द्रीय कार्यालय धुम्बाराहीमा बैठक बोलाइएको प्रचार विभाग प्रमुख मोहन श्रेष्ठले जानकारी दिए ।
आज बस्ने बैठकमा समसामयिक राजनीतिक परिस्थितिको समीक्षा, हालै सकिएको केन्द्रीय समिति बैठकका निर्णय कार्यान्वयन सम्बन्धी र पार्टी संगठनलाई चलायमान बनाउनेबारे पनि कार्यसम्पादन समिति बैठकमा छलफल गर्ने तयारी छ।








