८ पुस २०८२, मंगलबार

चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरी सरकारले बजेट ल्यायो : पूर्वअर्थमन्त्री पौडेल

प्रकाशित मिति :  11 June, 2023 1:17 pm


काठमाडौँ । प्रमुख प्रतिपक्ष दल नेकपा (एमाले)का उपाध्यक्ष एवं पूर्वअर्थमन्त्री विष्णु पौडेलले सरकार आफैंले चालू खर्च कटौति गर्ने प्रतिवद्धता विपरित आगामी आर्थिक वर्षको बजेट ल्याएको भन्दै आपत्ति जनाएका छन् ।

प्रतिनिधिसभा बैठकमा आगामी आर्थिक वर्षको बजेटमाथिको छलफलमा आज भाग लिँदै उपाध्यक्ष पौडेलले आगामी आर्थिक वर्षको बजेटमा चालु खर्च गत वर्षको तुलनामा ९७ अर्वले बढि हुनु सरकार आफैंले गरेको घोषणा विपरीत रहेको बताए ।

सरकारले खर्च कटौति गर्ने भनेर बजेटमा नै ढाँटेको पौडेलको भनाई थियो ।

त्यसैगरी पूँजीगत खर्च बढाउने भनेर सरकारले आगामी आर्थिक वर्षको तुलनामा ७८ अर्व ३१ करोडले बजेट घटाएको तथ्य पनि उपाध्यक्ष पौडेलले औंल्याए ।

उनले बजेटमा चालू खर्च घटाउने कुरालाई इन्कार गरिएको र पूँजीगत खर्च बढाउने कुरालाई अस्विकार गरिएकाले त्यो असंगत रहेको दाबी गरे ।

उनले भने,“बजेट वक्तव्यमा उच्च स्वरमा चालु खर्च घटाउने भनियो । चालु आर्थिक वर्षको चालु खर्चको संशोधित अनुमान १० खर्व ४४ अर्व छ । आगामी आर्थिक वर्षको चालू खर्च ११ खर्व ४१ अर्व प्रस्ताव गरिएको छ । अर्थात् चालू आर्थिक वर्षको तुलनामा आगामी आर्थिक वर्षका लागि प्रस्ताव गरिएको चालू खर्च ९७ अर्वले बढि छ । यसरी चालू खर्च घटाउने दावीलाई बजेट स्वयमले खण्डन गरेको छ सभामुख महोदय ।”

उपाध्यक्ष पौडेलले बजेटले रोजगारी वृद्धि, उत्पादन वृद्धिमा ध्यान दिन नसकेको जिकीर समेत गरे ।



प्रतिक्रिया दिनुहोस !