सत्ता गठबन्धनका शक्तिहरू एकतावद्ध हुनुको विकल्प छैनः अध्यक्ष नेपाल
काठमाडाैँ । नेकपा (एकीकृत समाजवादी) का अध्यक्ष माधवकुमार नेपालले वर्तमान सत्ता गठबन्धनका शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुको विकल्प नरहेको बताएका छन् ।
सोमबार पार्टी केन्द्रिय कार्यालय आलोकनगरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले आफ्नो पार्टी अहिले सत्ता गठबन्धनमा सहभागी भएको र गठबन्धनका घटकहरूका बिचका धाराहरूमा केही मतान्तर हुनु स्वभाविक रहेको बताएका हुन् ।
नेपालले सत्ता बाहिरको गठबन्धनमा संविधानमाथि गम्भीर आघात पु¥याउने शक्तिहरू र संघीयतामाथि विश्वास नगर्ने मात्र नभइ संघीयता नै समाप्त पार्ने शक्तिहरू रहेको जिकिर गरे । उनले अहिलेको गठबन्धन लोकतान्त्रिक र प्रगतिशील गठबन्धन भएको दाबी गरेका छन् ।
अध्यक्ष नेपालले सबै समाजवादी र वामपन्थी शक्तिहरू एकतावद्ध भएर अघि बढ्नुपर्ने अहिलेको आवश्यकता रहेको बताउँदै आफ्नो महत्व र भुमिकालाई अस्स्वीकार गर्नेहरूको चुनौतिको सामना गर्ने बताउनु भयो ।








