सांसद सूर्य थापाले भने‘स्वर्गद्धारी जाने सडक सुरक्षामा सरकारले ध्यान दिएन’
काठमाडौँ । नेकपा एमालेका प्रतिनिधि सभा ससदस्य सूर्य थापाले स्वर्गद्वारी दुर्घटनाबारे सदनमा ध्यानकर्षण गराएका छन् ।
स्वर्गद्धारीबाट फर्कदै गरेको कार दुर्घटनामा ८ जनको ज्यान गएपछि प्यूठानका सांसद थापाले आफूले उक्त सडक सुरक्षाका लागि पटक पटक अवाज उठाए पनि सरकारले नसुनेको बताए ।
उनले भने,“मैले स्वर्गद्धारी पुग्ने बाटोलाई सुरक्षित बनाउन पटक पटक संसदमा ध्यानकर्षण राए पनि सरकारले ध्यान नदिँदा यस्ता दुर्घटनाहरु हुँदै आएका छन् तर दुःखद कुरा यतापट्टी ध्यान पुराइएन ।”
उनले २०६५ सालमा स्वर्गद्धारी जाने सडक खुलेपछि अहिलेसम्म दुर्घटनामा ५० जना भन्दा बढी तिर्थयात्रीको मृत्यु भइसकेको बताए ।
उनले उक्त सडक सुरक्षाका लागि अर्थमन्त्रीको समेत लाई समेत आग्रह गरे ।
उनले भने,“ म माननीय अर्थमन्त्रीलाई सभामुख मार्फत आग्रह गर्दछु कि बजेटमा यो सडकबारे ध्यान दिइयोस् । भविस्यमा स्वर्गद्धारी जाने तिर्थालुहरू यस्तो खालको दुर्घटनामा परेर जीवन गुमाउन नपरोस्, घाइते हुन नपरोस् ।”
हिजो स्वर्गद्धारी दर्शन गरेर फर्कदै गरेका तिर्थालु चढेको लु १ च ६३४५ नम्बरको कार दुर्घटना हुँदा ८ जनाको निधन भएको थियो ।








