४ पुस २०८२, शुक्रबार

तराईमा गर्मी नघट्ने, यी प्रदेशमा वर्षाको सम्भावना

प्रकाशित मिति :  14 June, 2023 7:28 am


फाइल फाेटाे

काठमाडौँ । हाल देशमा पश्चिमी वायुका साथै भारतको बिहारमा रहेको न्यून चापीय प्रणालीको आंशिक प्रभाव रहेको देखिन्छ।

जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार आज वुधबार विहान कोशी प्रदेश र मधेश प्रदेशका थोरै स्थानहरुमा मेघ/गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्य वर्षा भइरहेको छ ।

आज दिउँसो कोशी, बागमती र गण्डकी प्रदेशका केही स्थानहरूमा र मधेश प्रदेश लगायत बाँकी पहाडी भू/भागका थोरै स्थानहरुमा मेघ\गर्जन र चट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

महाशाखाको जानकारी अनुसार राति कोशी प्रदेश लगायत बागमती र गण्डकी प्रदेशको पहाडी भू-भागका केही स्थानहरूमा मेघ\गर्जनरचट्याङ्ग सहित हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ ।

साथै मधेश प्रदेश लगायत बाँकी पहाडी भू-भागका एक\दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित क्षणिक वा हल्का वर्षाको सम्भावना रहेको छ । देशका मध्य तथा पश्चिम तराईका भू-भागहरूमा अत्याधिक गर्मी हुने सम्भावना यथावत् रहेको महाशाखाले जनाएको छ । ।



प्रतिक्रिया दिनुहोस !