राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदै
प्रकाशित मिति : 14 June, 2023 7:43 am
काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेल आज डिस्चार्ज हुँदैछन् । मुटुमा समस्या देखिएपछि मंगलबार शहीद गंगालाल राष्ट्रिय हृदय रोग केन्द्रमा भर्ना भएका राष्ट्रपति पौडेल आज डिस्चार्ज हुन लागेका हुन ।
अस्पतालले मंगलवार जारी गरेको विज्ञप्ति अनुसार उनको स्वास्थ्य अवस्था सामान्य रहेको छ।
मंगलबार बिहान असहज महसुस भएपछि राष्ट्रपति पौडेल शहीद गंगालाल राष्ट्रिय हृदय केन्द्र पुगेका थिए । उनलाई चिकित्सकको सल्लाह अनुसार २४ घण्टासम्म अवलोकनमा राखिएको थियो ।
पौडेललाई आज डिस्चार्ज गरिने अस्पतालका कार्यकारी निर्देशक डा.चन्द्रमणि अधिकारीले जानकारी दिए।








