विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीसहितका नेता कार्यकर्ता पक्राउ
प्रकाशित मिति : 14 June, 2023 2:27 pm
काठमाडौँ । विप्लव नेतृत्वको नेकपा निकट अखिल क्रान्तिकारीका अध्यक्ष प्रकाश शाहीसहितका नेता कार्यकर्तालाई प्रहरीले पक्राउ गरेको छ ।
नक्कली भुटानी शरणार्थी प्रकरणका दोषीलाई कारबाहीको माग गर्दै प्रर्दशनमा उत्रिएका अध्यक्ष प्रकाश शाहीसहितका नेता कार्यकर्तालाई पक्राउ गरेको हो ।
काठमाडौँ जिल्ला अदालत अगाडीबाट पक्राउ परेका उनीहरूलाई महानगरीय प्रहरी वृत्त सिंहदरबारमा राखिएको अखिल क्रान्तिकारीले जनाएको छ ।








