३ पुस २०८२, बिहिबार

कालोमोसो दल्ने नेविसंघका जिल्ला सभापति पक्राउ

प्रकाशित मिति :  14 June, 2023 2:45 pm


काठमाडौं । पूर्वाञ्चल विश्वविद्यालयको सेवा आयोग प्रमुख प्रा.डा.महेश दाहालमाथि कालोमोसो दल्ने नेपाल विद्यार्थी संघका जिल्ला सभापति पक्राउ परेका छन् ।

उनलाई बुधबार बिहान सुनसरी र मोरङ प्रहरीको संयुक्त टोलीले मोरङको बुढीगंगाबाट पक्राउ गरेको हो । उनलाई जिल्ला प्रहरी कार्यालय सुनसरीमा राखिएको सुनसरीका प्रहरी प्रमुख प्रहरी उपरीक्षक प्रभु ढकालले बताए ।

पूर्वाञ्चल विश्वविद्यालय सेवा आयोगका प्रमुख प्रा.डा. दाहालमाथि सोमबार नेविसंघका कार्यकर्ताले निवासमै पुगेर कालोमोसो दलेका थिए । पोखरेलले कालोमोसो दलेको घटनाको जिम्मा लिएका थिए ।



प्रतिक्रिया दिनुहोस !