८ पुस २०८२, मंगलबार

प्रतिनिधिसभा र दुई संसदीय समितिको बैठक बस्दै

प्रकाशित मिति :  15 June, 2023 9:13 am


फाइल फाेटाे।

काठमाडाैँ। संघीय संसद अन्तर्गत प्रतिनिधि सभाको बैठक आज बिहान ११ बजेबाट बस्दैछ । बैठकमा संसदमा सरकारले प्रश्तुत गरेको आगामी आर्थिक वर्षको बजेटमा मन्त्रालयगत छलफल शुरु हुने भएकाे छ। 

बैठकमा वन तथा वातावरण मन्त्रालय, महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालय, युवा तथा खेलकुद मन्त्रालय र शहरी विकास मन्त्रालयका विभिन्न शीर्षकमाथि छलफल हुनेछ । यी मन्त्रालयका विभिन्न शीर्षकमाथि सांसदहरुले खर्च कटौतीको प्रश्ताव प्रश्तुत गर्ने सम्भावित कार्यसूची रहेको छ । 

आज दुई वटा संसदीय समितिको बैठक बस्दैछ । बैठक आज मध्यान्ह १ बजेबाट शुरु हुनेछन् । आज दिगो विकास तथा सुशासन समितिको बैठक बस्दैछ भने अर्को बैठक विधायन व्यवस्थापन समितिको बैठक बस्दैछ । समितिको बैठकमा समितिगत विषयमा छलफल हुनेछ ।



प्रतिक्रिया दिनुहोस !