१५ चैत्र २०८०, बिहिबार

अफ्ठेरोमा परेका रोल्पाली श्रमिकहरुको व्यवस्थापनका लागि समन्वय भइरहेको छ:समिति सभापति घर्ती

प्रकाशित मिति :  19 April, 2020 10:08 am


काठमाडाै, ७ वैशाख । 

संघीय संसदको शिक्षा तथा स्वास्थ्य समितिकी सभापति जयपुरी घर्तीले लकडाउनका कारण अफ्ठेरोमा परेका श्रमिकहरुसँग समन्वय भइरहेको जानकारी गराएकी छन् ।

रोल्पाबाट प्रतिनीधिसभामा प्रतिनीधित्व गर्ने सांसद घर्तीले काठमाण्डौं उपत्यका र आसपासका जिल्लामा अफ्ठेरोमा परेका रोल्पाका श्रमिकहरुको राहत तथा व्यवस्थापनका लागि आफूले पहल जारी राखेको बताएकी हुन् ।

उनले आपतका बेला जनप्रतिनीधिहरुको साथ र सहयोग आवश्यक पर्ने भन्दै समस्या समाधानका लागि आग्रह समेत गरेकी छन् । सांसद घर्तीले सामाजिक सञ्जाल फेसबुकमा भनेकी छन्  ,‘कोरोना भाईरसको विरुद्ध लड्न यतिबेला जनतालाइ जनप्रतिधिहरुको बढी साथ र सहयोग आवश्यक परिरहेको छ ।जनप्रतिनिधीले आआफ्नो क्षेत्रका जनताको समस्या समाधानको लागि सक्रिय हुनुपर्छ । म पनि रोल्पाली जनताको प्रतिनिधीको हैसियतमा विभिन्न जिल्लामा रहेका जनतासँग प्रत्यक्ष सम्पर्कमा रहेर सहजिकरण गर्ने कार्य गरिरहेको छु । समितिको तर्फबाट पनि सरकारसँग निरन्तर समन्वयमा रहेको जानकारी गराउन चाहन्छु ।’

घर्तीले लुम्बिनी सञ्चारसँगको कुराकानीमा विभिन्न जिल्लामा रहेका ५ सय जनाजति मजदुर अहिले आफ्नो सम्पर्कमा रहेको भन्दै सम्बन्धित स्थानीय निकायसँग राहत तथा खाद्यान्नको लागि पहल गरिरहेको जानकारी दिईन् ।

उनले भनिन्,‘काठमाण्डौं उपत्यका र विभिन्न जिल्लामा इट्टा भट्टा र अन्य निर्माण क्षेत्रमा काम गर्ने श्रमिकहरु हिजोसम्म ५ सय जनाजति सम्पर्कमा आउनुभएको छ अरुसँगपनि सम्पर्क गर्ने प्रयास भइरहेको छ ।’

घर्तीले लकडाउनले अफ्ठेरोमा परेका श्रमिक,विद्यार्थी तथा अन्यलाई राहत उपलब्ध गराउन प्रदेश तथा स्थानीय सरकारसँग समन्वय र पहल गरिरहेको बताईन् ।

उनले समिति सभापतिको हैसियतमा केन्द्र सरकारसँग पनि समन्वय गरिरहेको जानकारी दिईन् । उनले अफ्ठेरो पहेका रोल्पाली श्रमिक लगायतलाई सम्पर्क गर्न समेत आग्रह गरेकी छन् ।



प्रतिक्रिया दिनुहोस !