८ पुस २०८२, मंगलबार

अतिरिक्त हुलाक खारेजीपछि अलपत्र पर्ने चिन्तामा रहेका कर्मचारीको रोजगारी सुरक्षित गर्न सांसद थापाको माग

प्रकाशित मिति :  15 June, 2023 2:29 pm


काठमाडौँ । सांसद सूर्य थापाले अतिरिक्त हुलाक खारेजीपछि अलपत्र पर्ने चिन्तामा रहेका कर्मचारीको रोजगारी सुरक्षित गर्न माग गरेका छन् ।

प्रतिनिधि सभाको शून्य समयमा आज बोल्दै सांसद थापाले भने,“अतिरिक्त हुलाक खारेजीपछि अलपत्र पर्ने चिन्तामा रहेका कर्मचारीहरूको रोजगारी सुरक्षित गरियोस र अलपत्र नपारियोस् ।”

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेटमार्फत अतिरिक्त हुलाक खारेज गर्ने निर्णय गरेको छ ।

उनले अतिरिक्त हुलाक खारेजीपछि रोजगारी सुरक्षित गर्न माग गरेका हुन् ।

साथै सार्वजनिक विद्यालयका देशभर लेखापाल र सहयोगिहरू आफ्नो सेवा सुविधाको सन्दर्भमा अन्योलमा रहेको भन्दै माग सम्बाेधन गर्न सरकारलाई सांसद थापाले आग्रह गरे । उनीहरूको न्यूनतम पारिश्रमिकको व्यवस्था गरेर काममा फर्काउनु पर्ने उनकाे आग्रह थियाे ।



प्रतिक्रिया दिनुहोस !