८ पुस २०८२, मंगलबार

प्रतिनिधिसभा बैठक : तीन मन्त्रालयको बजेटमाथि छलफल हुने

प्रकाशित मिति :  16 June, 2023 7:59 am


फाइल फाेटाे।

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दैछ । बिहान ११ बजेका लागि बैठक बोलाइएको छ ।

बैठकमा बजेटमाथि छलफल जारी रहने संसद सचिवालयले जनाएको छ । आजको बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति, भूमि व्यवस्था, सहकारी तथा गरिबी निवारण र भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयमाथि विनियोजित बजेटमा केन्द्रित रहेर छलफल हुने कार्यसूची रहेको छ ।

यी तीन मन्त्रालयमाथि विभिन्न सांसदले खर्च कटौतीको प्रस्तावसमेत पेश गर्नेछन् । बिहीबारको बैठकमा वन तथा वातावरण मन्त्रालय र महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयको बजेटमाथि छलफल गरिएको थियो ।



प्रतिक्रिया दिनुहोस !