३ पुस २०८२, बिहिबार

चीनमा ४ महिना लामो उपचारपछि स्वदेश फर्किए नेता वर्षमान पुन

प्रकाशित मिति :  16 June, 2023 12:16 pm


काठमाडौं । नेकपा (माओवादी केन्द्र)का नेता वर्षमान पुन स्वास्थ्योपचार गरी स्वदेश फर्किएका छन् ।

त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा उनलाई उप्रधान तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठ,र संघीय मामिला मन्त्री अमनलाल मोदीसहित नेता तथा कार्यकर्ताले स्वागत गरेका थिए ।

चीनमा ४ महिना लामो स्वास्थ्य उपचारपछि पुन पत्नी तथा पूर्वसभामुख ओनसरी घर्तीसहित काठमाडौंस्थित अन्तर्राष्ट्रिय विमानस्थलमा अवतरण गरेका हुन् ।

पूर्व अर्थ तथा ऊर्जामन्त्रीसमेत रहेका नेता पुन जटिल प्रकारको क्रिकलर नाजार टाइप टु सिन्ड्रोम नामक दुर्लभ वंशाणुगत जन्डिस बल्झिएपछि उपचारका लागि गत १ फागुनमा चीन गएका थिए । उनको चीनको सेनजेनस्थित थर्ड पिपुल्स अस्पतालमा उपचार गरिएको हो ।



प्रतिक्रिया दिनुहोस !