८ पुस २०८२, मंगलबार

पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव छैनः गृहमन्त्री श्रेष्ठ

प्रकाशित मिति :  16 June, 2023 3:40 pm


काठमाडाैँ । उपप्रधान एवं गृहमन्त्री नारायणकाजी श्रेष्ठले राजनीतिक पार्टी र नेताहरू नसच्चिएसम्म देश विकास सम्भव नरहेको बताएका छन् ।

शुक्रबार ललितपुरमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै उनले अपेक्षा गरेअनुसार देशमा समृद्धि आउन नसकेको बताएका हुन् ।

उनले देशको विकास हुन नसक्दा आम जनता निराश रहेको भन्दै जिम्मेवारीका साथ राजनीतिक दलहरूले आफ्नो कार्यभार निभाउनुपर्ने बताए ।

गृहमन्त्री श्रेष्ठले देश बदल्नका लागि सबैभन्दा पहिला राजनीतिक पार्टी र नेताहरूले नै आफूलाई सच्याउन जरुरी रहेको बताउँदै राजनीतिलाई सफा गर्ने र राजनीतिक नेतृत्व र पार्टीहरू रुपान्तरण गरेर सामाजिक, आर्थिक रुपान्तरणको प्रक्रियालाई तीव्र पार्नु आवश्यक रहेको बताए ।

गृहमन्त्री श्रेष्ठले देशको विकासलाई फड्कोमा पु¥याउने सरकारले लक्ष्य रहेको उल्लेख गरे ।



प्रतिक्रिया दिनुहोस !