संसद थापाको प्रश्न,‘प्यूठानको सदरमुकाम खलंगा जोड्ने सडकलाई रू.१ करोड मात्रै किन ?’
काठमाडौँ । नेकपा एमालेका सांसद सूर्य थापाले बजेट बिनियोजन न्यायपूर्ण नभएको भन्दै आपत्ति जनाएका छन् ।
विनियोजन विधेयकमाथिको छलफलमा आज प्रतिनिधि सभामा बोल्दै सांसद थापाले भौतिक पूर्वाधार तथा योजना मन्त्रीले अन्याय तरिकाले बजेट छुट्टाएको बताए ।
प्यूठानबाट प्रतिनिधि सभा सदस्य थापाले प्यूठानको सदरमुकाम जोड्ने सडक दुई लेनको बनाउन मन्त्री र सम्बन्धित निकायहरूलाई आग्रह गरे पनि बजेटमा नपरेको बताए ।
उनले भने,“ मेरो जिल्ला(प्यूठान)को दुई लेन सडकका लागि रु. १ करोड, मन्त्री ज्यूको जिल्ला(सल्यान)मा सदरमुकाम नै जोड्ने सडकका लागि रु. ३० करोड गज्जबको न्यायपूर्ण विनियोजन गर्नुभएको देखिन्छ ।
एउटै दृष्टान्तमा देखिन्छ नि गर्न खोज्नुभएको के हो ?” उनले प्यूठान सदरमुकाम जोड्ने सडकका लागि छुट्टाइएको रकममा असन्तुष्टि जनाए ।
उनले भने,“सल्यानको सदरमुकाम खलंगा जोड्न सडकका लागि रु. ३० करोड अनि प्यूठानको सदरमुकाम खलंगा जोड्ने सडकका लागि रु. १ करोड ? यसले न्यायको अनुभूति हुन्छ ?” उनले भालुवाङ-बाग्दुला-भिमगिठे सडकका कारणले प्यूठान १० वर्षपछि परिसकेको बताए ।
उनले भने,“बजेट छुट्टाइयो, बजेट छुट्टाएर ठेक्का लागिसकेपछि पनि कार्यान्वयन भएको छैन ।”
सांसद थापाले बालुवाटारमा गठबन्धनका ठालुहरूको बैठक बसेर बजेट संशोधन गर्ने कुरा स्वीकार्य नहुने समेत बताए ।
उनले भने,“यहाँ अर्थमन्त्रीले जवाफ दिनुभयो यहाँ प्रश्नउत्तर पनि भयो। तर, भोलिपल्ट बालुवाटारमा गठबन्धनको नाममा बैठक गरेर बजेट संशोधन गरेर असन्तुष्टि सम्बोधन गर्ने ? ककसका असन्तुष्टि सम्बोधन गर्नेरु बालुवाटारमा ठालुहरुले निर्णय गरेर संशोधन हुन्छ भने संसदमा यो नौटंकी किन गर्नुप¥यो ?’
संविधान, कानुन, पद्धतिले के भन्छ ? भन्दै थापाको प्रश्न थियो,“बालुवाटार बैठकपछि केके बिषयमा संशोधन हो ? अर्थतन्त्र सहमति जनाउनुभएको हो कि होइन ? गठबन्धनको नाममा संविधान विपरित काम गर्न पाइन्छ कि पाइदैन ? यो बिषय सोध्न चाहन्छु।”








