८ पुस २०८२, मंगलबार

पूर्व उपप्रधानमन्त्री रायमाझी र पूर्वगृहमन्त्री खाणसहित १६ जनालाई पुर्पक्षका लागि थुनामा पठाउन आदेश

प्रकाशित मिति :  16 June, 2023 7:19 pm


काठमाडौँ । नेपालीलाई नक्कली भुटानी शरणार्थी प्रकरणमा पूर्व उपप्रधानमन्त्री टोपबहादुर रायमाझी र पूर्वगृहमन्त्री बालकृष्ण खाणसहित १६ जनालाई पुर्पक्षका लागि कारागार पठाउन जिल्ला अदालत काठमाडौँले आदेश दिएको छ ।

पक्राउ परेका १८ जना मध्य लक्ष्मी महर्जनलाई ५ लाख र टंक गुरुङलाई १० लाख रुपैयाँ धरौटीमा रिहा गर्न र बाँकीलाई पुर्पक्षका लागि कारागार पठाउन अदालतले आदेश दिएको हो । १२ जना भने अझै फरार छन् ।

जिल्ला अदालतका न्यायाधीश प्रेमप्रसाद न्यौपानेको इजलासले सो आदेश दिएको हो ।

भुटानी शरणार्थी प्रकरणमा सरकारी वकिलको कार्यालय काठमाडौंले ठगी, संगठित अपराध, किर्ते र राज्यविरुद्धको अपराध कसुरमा कैद‚ बिगो र जरिवाना मागदाबीसहित जेठ १० मा मुद्दा दायर गरेको थियो ।



प्रतिक्रिया दिनुहोस !