८ पुस २०८२, मंगलबार

प्रतिनिधिसभा बैठक : यी तीन मन्त्रालयको बजेट एक रुपैयाँ कायम गर्न प्रस्ताव गरिने

प्रकाशित मिति :  18 June, 2023 8:01 am


काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । बिहान ११ बजे संघीय संसद् भवन नयाँ वानेश्वरमा बस्नेछ ।

आज बस्ने बैठकमा विनियोजन विधेयक २०८० अन्तर्गत मन्त्रालयगत छलफल हुनेछ । जसअनुसार संघीय मामिला तथा सामान्य प्रशासन, संस्कृति, पर्यटन तथा नागरिक उड्डयन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल हुने संघीय संसद् सचिवालयले जनाएको छ ।

सम्भावित कार्यसूची अनुसार आजको बैठकमा लीलानाथ श्रेष्ठ र प्रेम सुवालले सङ्घीय मामिलाको, योगेश भट्टराईले पर्यटन मन्त्रालयको, कृष्णगोपाल श्रेष्ठ र सुमना श्रेष्ठले स्वास्थ्य मन्त्रालय शीर्षकको रकमलाई घटाई एक रुपैयाँ कायम गरियोस् भन्ने प्रस्ताव गर्नेछन् ।



प्रतिक्रिया दिनुहोस !