भोली समाजवादी मोर्चा घोषणा गर्ने चार दलको निर्णय
प्रकाशित मिति : 18 June, 2023 1:06 pm
काठमाडौं । भोली समाजवादी मोर्चा घोषणा गर्ने नेताहरुबीच सहमती भएको छ । समाजवादी मोर्चामा नेकपा माओवादी केन्द्र, जसपा, एकीकृत समाजवादी र विप्लव नेतृत्वको नेकपा रहने भएका छन् ।
प्रधानमन्त्री निवास वालुवाटारमा आइततबार विहान बसेको बैठकले आलोपालो गरेर मोर्चाको नेतृत्व गर्नेगरी भाेली समाजवादी माेर्चा घोषणा गर्ने सहमती भएकाे बैठकमा सहभागी एक नेताले बताए ।
सहमतिपछि तत्काललाई केन्द्रीय मोर्चा घोषणा गर्ने र आवश्यकताका आधारमा तल्लो तहसम्म संरचना बनाउने सहमति जुटेको जसपाका नेता राजेन्द्र श्रेष्ठले बताए ।
देशको विकास, सुशासन र राजनीतिक स्थिरताको पक्षमा वकालत गर्ने र आम जनतालाई दिने सेवा सुविधाको प्रवाहलाई सुव्यवस्थित गर्न दवावकारी भूमिकासमेत खेल्न सक्ने एकृकीत समाजवादीका एक नेताले बताए ।






