२ पुस २०८२, बुधबार

बाढीपहिरो पीडितलाई तत्काल क्षतिपूर्ति दिने व्यवस्था मिलाउन सांसद खडु्काको माग

प्रकाशित मिति :  18 June, 2023 3:04 pm


काठमाडौं । नेपाली काँग्रेसका सांसद दिपक खड्काले बाढीपहिरो पीडितलाई तत्काल क्षतिपूर्ति दिने व्यवस्था मिलाउन माग गरेका छन् । आइतबार प्रतिनिधिसभाको बैठकमा बोल्दै खड्काले संखुवासभा, तेह्रथुम, ताप्लेजुङ, पाँचथरलगायतका पूर्वी पहाडी जिल्लाहरुमा अविरल वर्षापछि गएराति आएको बाढी र पहिरोले ठूलो धनजनको क्षति भएको उल्लेख गर्दै पीडितलाई तत्काल उद्धार, राहत, क्षतिपूर्तिको आवश्यक व्यवस्था मिलाउन सरकारसँग माग गरेका हुन् ।

सांसद खड्काले संखुवासभाको सुपर हेवा जलविद्युत आयोजनामा काम गर्ने १६ जना मजदुर वेपत्ता भएको र उनीहरु मध्ये ३ जना फेला परेको, एक जना मृत अवस्थामा भेटिएको उल्लेख गर्दै वेपत्ता भएका अन्यको खोजी कार्यमा तीव्रता दिन पनि सरकारको गम्भिर ध्यानाकर्षण गराए ।

उक्त घटनामा परी खर्बौको नोक्सान भएको उल्लेख गर्दै उचित क्षतिपूर्तिको व्यवस्था गर्न पनि सरकारलाई सचेत गराए ।

सांसद खड्काले सो घटनाका परी वेपत्ता भएकाहरुको उद्धार र राहतको काममा सहयोग गर्न सबै राजनीतिक पार्टीहरुलाई आग्रह गदै भने ‘संखुवासभा, तेह््थुम, ताप्लेजुङ, पाँचथरलगायत पूर्वी पहाडमा गएराति अविरल वर्षाका कारण ठूलो धनजनको क्षति भएको छ । संखुवासभा जिल्लाका र पहाडी जिल्लाका सुरक्षाकर्मीहरुले मात्रै यो क्षतिलाई उद्दार गर्न नसक्ने भएकाले नेपाल सरकारसँग सम्माननीय सभामुखमार्फत् चाँडोभन्दा चाँडो यस उद्धार कार्यलाई सहयोग पु¥याई दिन र क्षतिलाई न्यूनिकरण गरी क्षतिपूर्ति र राहत उपलब्ध गराई दिन म विनम्र आग्रह गर्न चाहन्छु ।

सांसद खड्काले संखुवासभाको हेवा खोलामा वेपत्ता भएकाहरुको उद्धारको लागि खटिएका प्रहरीहरुमात्रै पर्याप्त नभएकाले त्यसमा थप उद्धारकर्मीहरुको आवश्यक व्यवस्था मिलाउन पनि सरकारलाई आग्रह गरे ।



प्रतिक्रिया दिनुहोस !