राष्ट्रपति रामचन्द्र पौडेलको स्वास्थ्य अवस्था स्थिर
प्रकाशित मिति : 18 June, 2023 1:18 pm
काठमाडौं । स्वास्थ्यमा समस्या देखिपछि अस्पताल भर्ना भएका राष्ट्रपति रामचन्द्र पौडेलको अवस्था स्थिर रहेको अस्पतालले जनाएको छ ।
महाराजगञ्जस्थित मनमोहन कार्डियो थोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टरले विज्ञप्ति जारी गर्दै राष्ट्रपति पौडेलको स्वास्थ्य अवस्था स्थिर रहेको जानकारी गराएको हो ।
सेन्टरका कार्यकारी निर्देशक प्राध्यापक डाक्टर मणि गजुरेलले आज जारी गरेको विज्ञप्तिमा राष्ट्रपतिको मुटुको चालको निगरानी भइरहेको उल्लेख गरिएको छ ।
राष्ट्रपतिको मुटुमा समस्या देखिएपछि शनिबार बिहानै पाँच बजे उपचारका लागि भर्ना भएका थिए ।








