८ पुस २०८२, मंगलबार

प्रतिनिधिसभा बैठकमा विनियोजन विधेयकमाथि छलफल हुने

प्रकाशित मिति :  19 June, 2023 8:01 am


फाइल फाेटाे।

काठमाडौँ । प्रतिनिधिसभाको बैठक आज पनि बस्दै छ । नयाँ वानेश्वरस्थित संघीय संसद् भवन उक्त बैठक बस्न लागेको हो । बैठक बिहान ११ बजेबाट सुरू हुनेछ ।

आजको बैठकमा विनियोजन विधेयक २०८० माथि छलफल जारी रहनेछ । जसअनुसार आजको बैठकमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालय, परराष्ट्र मन्त्रालय र ऊर्जा, जलस्रोत तथा सिँचाई मन्त्रालय माथिको बजेटमा छलफल हुनेछ।

प्रतिनिधि सभाको हिजोको बैठकमा संघीय मामिला तथा सामान्य प्रशासन र स्वास्थ्य तथा जनसंख्या मन्त्रालयको छलफल सकिएको थियो ।



प्रतिक्रिया दिनुहोस !