समाजवादी मोर्चाको घोषणा आज
प्रकाशित मिति : 19 June, 2023 8:42 am
काठमाडौँ । आज प्रगतिशील र समाजवादी शक्तिहरूको गठबन्धन समाजवादी मोर्चा घोषणा गरिँदै छ। दिउँसो ३ बजे राष्ट्रिय सभा गृहमा आयोजना हुने कार्यक्रममार्फत औपचारिक घोषणा हुन लागेको हो ।
आइतबार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी, विप्लव नेतृत्वको नेकपाका शीर्ष नेताहरूबीच भएको छलफलले मोर्चाको घोषणा गर्ने सहमति भएको जसपा नेता राजेन्द्र श्रेष्ठले जानकारी दिएका थिए ।
समाजवादी मोर्चामा सत्तारुढ दलहरू नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादी, जनता समाजवादी पार्टी नेपाल (जसपा) र विप्लव नेतृत्वको नेपाल कम्युनिस्ट पार्टी (नेकपा) रहने निश्चित भएको छ ।








