प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाऔँः सांसद पौडेल
काठमाडाैँ । नेकपा(माओवादी केन्द्र)का सांसद देवेन्द्र पौडेलले प्राकृतिक विपद्बाट बच्न एकीकृत बस्ती बनाउनुपर्ने बताएका छन् ।
सोमबार प्रतिनिधि सभा बैठकमा बोल्दै सांसद पौडेलले प्राकृतिक विपद्बाट बच्नका लागि एकीकृत बस्ती बनाउनुपर्नेमा जोड दिएका हुन् । उनले कुनै जमिनमा विद्युत, पानी र यातायातको सुविधा पु¥याएर मात्रै त्यहाँ बस्ती बनाउनुपर्ने बताए । पाैडेलले प्राकृतिक विपद्बाट सिर्जित समस्याहरूलाई तत्काल समाधान गर्नका लागि सम्बन्धित मन्त्रालयमा छुट्टै प्रणालीको व्यवस्था गर्नुपर्ने बताएका छन् । उनले प्रमुख जिल्ला अधिकारीको सिफारिसमा तुरुन्त पीडितलाई उद्धार, राहत र पुर्नस्थापना गर्न सकिने संयन्त्र बनाउनुपर्ने बताए ।
‘गाउँका डाँडाँकाडामा भएका बस्तीहरूलाई कुनै जंगलसँग अल्झिएको जमिन छ भने त्यहाँ ल्याएर बस्ती बसाएर विद्युत, पानी र यातायात पु¥याउने कुरा अगाडी बढायौँ भनेदेखि एकीकृत बस्तीलाई हामी अगाडी बढाउन सक्छौँ । एउटा त्यस्तो प्रकारको अस्पतालमा गएर इमर्जेन्सी वार्ड निर्माण गरेजस्तै बाढी पीडित र प्राकृतिक आपद्जन्य विषयहरूलाई तत्काल सम्बोधन गर्नको निम्ति त्यसप्रकारको मन्त्रालयमा एउटा प्रणालीको व्यवस्था गरियोस् ’ पाैडेलले भने ।
सांसद पौडेलले समाज अराजकतातिर गएको भन्दै असत्य र भ्रामक समाचार सम्प्रेषण गर्नेहरूलाई कानूनी दायरामा ल्याउनुपर्ने पनि बताए ।
उनले भने, ‘समाज अराजकतातिर गएको छ । त्यसको निम्ति छिटोभन्दा छिटो कानूनी व्यवस्था गरेर असत्य भएको, प्रमाणित नभएको समाचार र कसैलाई बदनाम गर्न ल्याउने त्यस प्रकारका समाचारहरूलाई नियमन गर्ने, कानूनी दायराभित्र ल्याउनेगरी छिटोभन्दा छिटो प्रचलित कानूनलाई सक्रिय बनाएर वा कानून आवश्यक प¥यो भने कानून बनाएर अगाडी बढाउनेगरी सञ्चार मन्त्रालयले त्यो प्रकारको भुमिका खेलोस् ।’
उनले दिगो विकास लक्ष्यलाई भेट्नेहरू सरकारको बजेट तथा मन्त्रालयका काम, कारबाहीहरू अगाडी बढ्नुपर्ने बताएका छन् ।








