८ पुस २०८२, मंगलबार

परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुँदैनः मन्त्री गुरुङ

प्रकाशित मिति :  19 June, 2023 4:54 pm


काठमाडाैँ । कानून, न्याय तथा संसदीय मामिलामन्त्री एवं नेपाली काँग्रेसका उपसभापति धनराज गुरुङले परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूको उत्थान हुन नसक्ने बताएका छन् ।

सोमबारबाट काठमाडौँमा शुरु भएको ट्रेड युनियन काँग्रेसको सातौं महाधिवेशनलाई सम्बोधन गर्दै उनले देशमा श्रमजीवि र परजीवि गरी दुई प्रकारका जीवि रहेको उल्लेख गर्दै परजीवीलाई परास्त नगरेसम्म श्रमजीवीहरूले सम्मान पाउन नसक्ने बताएका हुन् ।

उनले भ्रष्ट प्रवृत्तिको जरो हल्लाउने काम ट्रेड युनियन काँग्रेसले गर्नुपर्ने बताउँदै उनले ट्रेड युनियन काँग्रेसले मागेर नभइ खोसेर आफ्नो अधिकार लिन सक्नुपर्ने बताए ।

मन्त्री गुरुङले मुलुक भ्रष्ट प्रवृत्तिका कारणले बन्न नसकेको भन्दै भ्रष्ट प्रवृत्तिको अन्त्य गर्न जरुरी रहेको बताए ।



प्रतिक्रिया दिनुहोस !