२ पुस २०८२, बुधबार

चार दलले गरे समाजवादी मोर्चाको घोषणा

प्रकाशित मिति :  19 June, 2023 5:15 pm


काठमाडौं । नेकपा माओवादी केन्द्र, नेकपा एकीकृत समाजवादीसहितका चार दल मिलेर समाजवादी मोर्चा घोषणा गरेका छन् । राष्ट्रियसभा गृहमा आयोजित कार्यक्रममा चार दलका प्रमुखहरुले ७ बुँदे घोषणापत्रमा हस्ताक्षर गरेर समाजवादी मोर्चाको घोषणा गरेका हुन् ।

समाजवादी मोर्चामा माओवादी केन्द्र, जनता समाजवादी पार्टी (जसपा), एकीकृत समाजवादी र नेपाल कम्युनिस्ट पार्टी छन् ।

घोषणा सभामा नेसपा अध्यक्ष बाबुराम भट्टराई भने सहभागी भएनन्। सहमतिपत्र अनुसार मोर्चाको नेतृत्व आलोपालो हुनेछ । नीतिगत निर्णय गर्न अध्यक्षहरु सहितको संयोजन समिति हुनेछ भने स्थानीय तहसम्म विस्तार गर्न सकिने जनाएका छन् ।



प्रतिक्रिया दिनुहोस !