८ पुस २०८२, मंगलबार

संघीय सरकारको मन्त्रालयगत बजेटमा लुम्बिनी प्रदेशको ठाँउमा प्रदेश ५ लेखिएपछि संसद बैठक स्थगित

प्रकाशित मिति :  20 June, 2023 12:31 pm


काठमाडौँ । संघीय सरकारका विभिन्न मन्त्रालयगत बजेटमा लुम्बिनी प्रदेशको ठाँउमा प्रदेश ५ लेखिए पछि सांसदहरूले विरोध जनाएका छन् ।

सांसद सूर्य थापा,रघुजी पन्त लगायतका सांसदले विरोध जनाएपछि प्रतिनिधि सभाको बैठक १५ मिनेटका लागि भन्दै स्थगित भएको छ ।

सांसद सूर्य थापाले संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको बजेट शिर्षकमा ठाउँ ठाउँमा लुम्बिनी प्रदेशको ठाउँमा प्रदेश ५ लेखिएको भन्दै विरोध जनाएका थिए ।

उनले यो नाम संविधानले नचिन्ने भन्दै सच्याउन माग गरेका थिए । सांसद रघुजी पन्तले पनि शहरी विकास मन्त्रालयको बजेटका शिर्षका विभिन्न ठाउँमा लुम्बिनीको ठाउँमा प्रदेश ५ लेखिएको भन्दै विरोध जनाए ।

अन्य सांसदले पनि विरोध जनाएपछि बैठक स्थगित भएको हो ।



प्रतिक्रिया दिनुहोस !