बाढी पहिरोबाट मृत्यु भएका परिवारलाई सरकारले प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने
प्रकाशित मिति : 20 June, 2023 2:22 pm
काठमाडौं । उपप्रधानमन्त्री तथा गृहमन्त्री नारायणकाजी श्रेष्ठले बाढी पहिरोबाट मृतकको परिवारलाई प्रतिव्यक्ति २ लाख रुपैयाँ दिने बताएका छन् ।
मंगलबार प्रतिनिधि सभा बैठकमा बाढी पहिरोको क्षतिबारे जानकारी गराउँदै गृहमन्त्री श्रेष्ठले पीडित परिवारलाई राहत उपलब्ध गराउने बताएका हुन् ।
पीडितलाई तत्कालको लागि १५–२० हजार रुपैयाँ उपलब्ध गराउँछौं गृहमन्त्री श्रेष्ठले भने एकै परिवारका एक भन्दा बढी सदस्यको मृत्यु भएमा सरकारले प्रतिव्यक्ति थप एक लाख रुपैयाँ राहत उपलब्ध गराइनेछ ।
यस्तै, असार २ गतेको बाढी पहिरोका कारण १० जनाको मृत्यु र २६ जना बेपत्ता भएको सदनलाई जानकारी गराए। अहिलेसम्म ५४ घर पूर्णरुपमा क्षति भएको जानकारी आएको बताए।








