४ जेष्ठ २०८१, शुक्रबार

राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने निर्णय नसच्चिए आन्दोलनमा जाने चेतावनी

प्रकाशित मिति :  21 June, 2023 7:02 pm


काठमाडौँ । राष्ट्रिय दुग्ध विकास बोर्ड खारेजी गर्ने निर्णय नसच्चिए सरोकारवाला निकायले आन्दोलनमा जाने चेतावनी दिएका छन् ।

कृषि तथा पशुपन्छी विकास मन्त्रीलाई ध्यानकर्षण गराउँदै एक हप्ताभित्र निर्णय नसच्चाइए आन्दोलनमा जाने चेतावनीसहित सरोकारवालाहरूले ध्यानर्षण गराएका हुन् ।

मन्त्रीलाई बुझाइएको ध्यानाकर्षण पत्रमा भनिएको छ,“सरोकारवालाहरुको माग एक हप्ता भित्र सम्वोधन नभएमा सशक्त आन्दोलनका कार्यक्रमहरू घोषणा गरि अगाडी बढने र आन्दोलनबाट हुने सम्पूर्ण क्षतिको जिम्मेवार सरकार स्वंयम हुने व्यहोरा जानकारी गराउन चाहन्छौं ।”

सरकारले आर्थिक वर्ष २०८०/०८१ को बजेट मार्फत बोर्ड खारेज गर्ने प्रस्ताव ल्याएपछि दुग्ध किसान र दुग्ध उद्योगीहरू आन्दोलनमा छन् ।

बोर्ड खारेजीको विरुद्धमा संसदमै आवाज उठेको छ । ५० भन्दा बढी जिल्लाका दुग्ध कृषक, उद्योगी, दुग्ध सहकारी, संघ संस्थाहरुले बोर्डको खारेजीको बिरुद्घमा संस्थागत निर्णय गरी विज्ञप्ती जारी गरेर विरोध जनाइसकेका छन् ।

बोर्ड खारेजीको प्रस्तावलगत्तै नेपाल डेरी एसोसिएसन, केन्द्रीय दुग्ध सहकारी संघ,डेरी उद्योग संघ, केन्द्रीय पशुपन्छि तथा मत्स्य सहकारी संघ, नेपाल डेरी साईन्स एसोसिएसन लगायतले विरोध जनाउँदै प्रत्यक्ष भेटघाट,पत्र, बिज्ञप्ती, पत्रकार सम्मेलन मार्फत ध्यानाकर्षण गराउँदै आएका छन् ।

तर, सम्बन्धित मन्त्रालयबाट समेत मागको बिषयमा कुनै पनि छलफल तथा आश्वस्थ पार्ने कार्य नभएको भन्दै आन्दोलनमा जाने उनीहरूले चेतावनी दिएका हुन् ।



प्रतिक्रिया दिनुहोस !