४ जेष्ठ २०८१, शुक्रबार

भक्तपुरका किसानलाई रोपाईंको चटारोमा

प्रकाशित मिति :  25 June, 2023 11:18 am


भक्तपुर । असार शुरु भएसँगै काठमाडौं उपत्यकासहित देशभर किसानहरु रोपाईंमा ब्यस्त हुन थालेका छन् ।
काठमाडौं उपत्यकाका काँठ क्षेत्रमा धान रोपाईंमा यतिबेला किसानहरु ब्यस्त हुन थालेका हुन् ।

भक्तपुरको निकोसेरामा पनि यतिबेला किसानहरु धान रोप्न ब्यस्त छन् । उनीहरु जेठका अन्तिममै धान रोप्नका लागि पर्याप्त पानी परेकाले रोपाईंमा ब्यस्त भएको बताउँछन् । सामान्यतया असार १५ बाट रोपाईं शुरु हुने भएपनि असारको पहिलो सातादेखि नै किसानहरु रोपाईंको चटारोमा छन् ।

विगतका वर्षमा असारको पहिलो सातापछि मात्रै रोपाईं शुरु हुने र असारको १५ ताका किसानलाई चटारो पर्ने भएपनि यस वर्ष भने जेठ अन्तिमबाट मनसुन नेपाल भित्रिएसँगै वर्षा हुँदा भक्तपुरका अधिकांश स्थानमा रोपाईं भइसकेको किसानहरु बताउँछन् ।

सिंचाई अभावमा भक्तपुरमा धेरै आकाशे पानीको भरमा रोपाईं गर्नुपर्ने अवस्थामा यसवर्ष आकाशे पानीले नै असार शुुरु हुनेबित्तिकै खेतमा पानी भरिएपछि किसान रोपाईंमा लागेका हुन् ।

आवश्यक पानी नपर्दा विगतमा असार १५ कुर्ने गरेका किसानहरु यस वर्ष धान रोपाईं छिटो भएपछि खुशीमा भएका छन् । खेतमा काम गर्ने रोपार र लाठे नपाउँदा कतिपय किसान घरमा भएकै जनशक्तिले धान रोपाईंमा जुटेको उनीहरुको भनाइ छ ।

रोपाईंमा लाग्ने जनशक्ति नहुँदा खेतमा भरिएको पानी सुक्ला भन्ने डर र चिन्ताले किसानह डराएका छन् । धान रोप्न र हिलो सम्याउन आवश्यक प्रविधि भित्र्याउनसके जनशक्ति नहुँदा पनि धान उत्पादन बढाउनसक्ने उनीहरुको भनाइ छ ।



प्रतिक्रिया दिनुहोस !