जसपाको विधान अधिवेशन आजदेखि सुरु
प्रकाशित मिति : 25 June, 2023 11:23 am
काठमाडौं । जनता समाजवादी पार्टी नेपाल (जसपा नेपाल) को विधान अधिवेशन आजदेखि सुरू हुँदैछ ।
आज बिहान ११ बजे प्रज्ञा प्रतिष्ठान कमलादीमा सुरु हुने सभामा केन्द्रिय कमिटीका ४१० सदस्य, प्रदेश र जिल्ला कमिटी, भ्रातृ संगठनलगायतबाट देशभर तथा प्रवाससमेत गरी करिब ८०० प्रतिनिधिहरू सहभागी हुँदैछन् ।
विधान अधिवेशनको अन्तिम तयारी तथा मस्यौदा विधान अनुमोदनका लागि हिजो केन्द्रीय समिति बैठक बसेको थियो । उक्त बैठकले मस्यौदा विधानलाई अनुमोदन गरे पछि आजको विधान महाधिवेशनमा पेश हुन लागेको हो ।
विधान अधिवेशनको पहिलो दिन पार्टीको विधान मस्यौदा प्रस्तुत हुनेछ । ११ गते यसरी सहभागी भएका प्रतिनिधिहरूलाई १० वटा समूहमा विभाजन गरेर विधानमाथि छलफल गरिनेछ । र, १२ गते विधानमाथि नेताहरूले धारणा राख्ने गरी कार्य तालिका बनाइएको छ ।








