८ पुस २०८२, मंगलबार

बैज्ञानिक समाजवादको पक्षमा कमल चलाउन नेकपाका पोलिटब्युरो सदस्य सञ्जीवको आग्रह

प्रकाशित मिति :  26 June, 2023 7:15 pm


अर्घाखाँची । नेपाल कम्युनिस्ट पार्टीका पोलिटब्युरो सदस्य सञ्जीव सीले बैज्ञानिक समाजवादको पक्षमा कमल चलाउन आग्रह गरेका छन् ।

वर्तमान संकटको निकास बैज्ञानिक समाजवाद भएको भन्दै सञ्जीवले समाजवादको पक्षमा कलम चलाउन पत्रकारहरूलाई आग्रह गरेका हुन् ।

जनपत्रकार संगठन नेपाल लुम्बिनी प्रदेशले सन्धिखर्कमा आयोजना गरेको ४ दिने आधारभूत पत्रकारिता तालिमको आज उद्घाटन गर्दै पोलिटब्युरो सदस्य सञ्जीवले अहिलेको संकटको कारण दलाल संसदीय व्यवस्था भएको बताए ।

नेता सञ्जीवले देशमा वेरोजगारी समस्या बढेको, युवाहरू बिदेश पलाएन भएको र देश चरम आर्थिक संकटमा परेकोले यस्तो समस्या विद्यमान व्यवस्थाले निम्त्याएको दाबी गरे ।

उनले भने,“अरबका खाडी सुन्दर बनाउने नेपालीहरु हुन, देशको व्यापारमा ७ प्रतिशत निर्यात र ९३ प्रतिशत आयात छ, ६० लाख बेरोजगार युवा श्रमशक्ति बिदेश छ, मागेर देश चलाउनुपर्ने अवस्था छ,२१ खर्ब ६३ अर्ब वैदेशिक रिण छ , यसले के देखाउछ भने देश असफल र संकटग्रस्त भयो ।”

देशको स्वाधीनता माथी समेत साम्राज्यवादी हस्तक्षेप बढेको भन्दै सबै रास्ट्रवादी, समाजवादी, कम्युनिस्ट , क्रान्तिकारीहरु एकताबद्ध हुने बेला आएको उनको भनाई थियो ।

समाजवादी मोर्चा नेपाल गठनले केहि नयाँ आशा पलाएको उल्लेख गर्दै देशलाई अग्रगमनको दिशामा अगाडि बढाउन समाजवादी मोर्चा बनेको जिकिर गर्दै नेता सञ्जीवले संसदीय व्यवस्था पूर्ण असफलसिद्द भएको दावी गर्दै समाजवादी क्रान्तिका लागि सत्य तथ्य समाचार लेखेर समाजलाई नयाँ प्रणाली र सभ्यतातिर डो¥याउन सञ्चारकर्मीको जिम्मेवारी भएको समेत बताए ।



प्रतिक्रिया दिनुहोस !