प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित
प्रकाशित मिति : 27 June, 2023 11:39 am
काठमाडौं । प्रमुख विपक्षी नेकपा एमाले र राष्ट्रिय स्वतन्त्र पार्टीले अवरोध गरेपछि संसद बैठक स्थगित भएको छ ।
मंगलबार दुवै पार्टीको विरोध पछि प्रतिनिधि सभाको बैठक १५ मिनेटको लागि स्थगित भएको समामुख देवराज घिमिरेले बताएका छन् ।
जिल्ला निर्वाचन कार्यालय र जिल्ला तथ्यांक कार्यालय खारेज गर्ने सरकारको निर्णयविरुद्ध दुवै पार्टीले सदनको कारवाही अवरोध गरेका थिए ।
प्रतिनिधि सभाको मंगलबारको कारबाही शुरु हुनासाथ रास्वपाका प्रमुख सचेतक सन्तोष परियारले अर्थमन्त्री डा. प्रकाशशरण महतलाई रुलिङ गर्न सभामुखसमक्ष माग गरेका थिए ।
एमाले र रास्वापाले अर्थमन्त्रिले उक्त निर्णय फिर्ता नलिएसम्म संसद कारवाही अघि बढाउन नदिने बताएका छन् ।








