१४ बैशाख २०८१, शुक्रबार

विश्वकै पहिलो सामाजिक दुरी सहितको विरोध प्रदर्शनः दुइ मीटरको दूरीमा बसेर मास्क लगाइ सडकमा

प्रकाशित मिति :  20 April, 2020 9:50 am


काठमाडौं, ८ वैशाख

कोरोनाका कारण विश्वभर लकडाउन चलिरहेको छ । भीडभाड हुन नदिन सानातिना गोष्ठीसमेतमा रोक लगाइएको छ । तर, इजरायलमा भने लकडाउनकाबीच करिव दुई हजार जनता सडकमा आएर प्रदर्शन गरेका छन् । त्यो पनि सामाजिक दूरी कायम गर्दै ।

इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहु नेतृत्वको सरकार विरूद्ध अनौठो र अनुशासित प्रदर्शनी गरिएको हो । प्रदर्शनकारीहरुले विश्व स्वास्थ्य संगठनले तोकेको सामाजिक दुरी (सोसल डिस्ट्यान्स) लाई पालना गर्दै दुई मिटरको दुरी कायम गरी यो विरोध प्रदर्शन गरेका छन् ।

सरकारले त्यहाँको आन्तरिक गुप्तचर नियोगलाई जनताको मोबाइल फोनको डेटामा पहुँच कायम गर्न पाउने अधिकार उपलब्ध गराएको विरोधमा यो प्रदर्शन गरिएको हो । दुई मिटरको दूरीको कालोक्रस बनाएको ठाउँमा दुई हजार बढी मानिसको प्रदर्शन भएको उदारवादी हारेत्स अखबारले जनाएको छ ।

प्रदर्शनकारीले कालो झण्डा लिएर सहभागी भएका थिए । सोसल डिस्टेन्सिङसहित मास्क पनि लगाएको देखिन्छ । कोरोनाका त्रासबीच यस्तो खाले प्रदर्शनी सम्भवतः पहिलो हो ।

 



प्रतिक्रिया दिनुहोस !