४ जेष्ठ २०८१, शुक्रबार

विगत दश वर्षमा धान बालीको उत्पादकत्व वृद्धि सामान्य मात्रै

प्रकाशित मिति :  29 June, 2023 10:54 am


काठमाडौँ । देशभर धान बालीको उत्पादकत्व विगत दश वर्षमा सामान्य देखिएको छ ।

राष्ट्र बैंकले सार्वजनिक गरेको अर्ध–वार्षिक प्रतिवेदन (आ.व.२०७९/०८०) अनुसार दश वर्षको धान बालीको उत्पादकत्वमा सामान्य मात्रै वृद्धि भएको देखिएको हो ।

राष्ट्र बैंकले सिंचाइको लागि आकासे पानीमा भरपर्नु तथा आधुनिक कृषि खेती तथा उन्नत विउको प्रयोगमा उल्लेख्य वृद्धि नहुनुले धान बालीको उत्पादकत्व उल्लेख्य रुपमा वृद्धि हुन नसकेको निष्कर्ष निकालेको छ ।



प्रतिक्रिया दिनुहोस !