४ जेष्ठ २०८१, शुक्रबार

‘कमेडी क्लब विथ च्याम्पियनस्’ कार्यक्रम विवादमा तानियो

प्रकाशित मिति :  29 June, 2023 6:45 pm


काठमाडौँ । कमेडी क्लब विथ च्याम्पियनस् कार्यक्रम विवादमा तानिएको छ ।

नेपाल टेलिभिजनबाट साप्ताहिकरुपमा प्रशारण भइरहेको कार्यक्रम “कमेडी क्लब विथ् च्याम्पियनस्” मा नेपालको लोकसंगीतको इतिहास बोकेको गन्धर्व समुदायलाई लक्षितगरि निर्माण गरिएको पात्रले सिंगो समुदायको आत्मसम्मानमा आघात पुगेको भन्दै गन्धर्व साँस्कृति कला संगठनले गम्भीर ध्यानाकर्षण जनाएको हो ।

जारी विज्ञप्तिमा भनिएको छ,“कार्यक्रमका प्रस्तोता तथा निर्देशक विशाल भण्डारीले सञ्चालन गर्दै आइरहेको उक्त कार्यक्रममा गन्धर्व पात्रको भूमिका निभाउने कलाकारले गन्धर्व समुदायको मौलिकता, कला, संस्कृति, पेशा, सारङ्गीको प्रयोग र भाषा अमर्यादित ढंगले प्रस्तुत गरिएको हुदाँ उक्त दृष्यमा माथि हाम्रो आपत्ति छ ।”

संगठनका महासचिव अनिल गन्धर्वले एक विज्ञप्ती जारी गर्दै उक्त कार्यक्रममा पटक-पटक गन्धर्व समुदाय र समुदायसंग जोडिएको सारङ्गी बाजालाई लिएर बनाइएको पात्रले समुदायको कला, संस्कृति, सारङ्गीलाई अपहेलनाका प्रस्तुत गरिएको बताएका छन् ।

यसले सिंगो समुदायको आत्मसम्मान र प्रतिष्ठामाथि नै आघात पर्‍याएकाले तत्काल उक्त पात्रसंग जोडिएका श्रृंखलाहरु हटाउन र सार्वजनिकरुपमा माफी माग्न सम्बन्धित निकायलाई विज्ञप्तिमार्फत आग्रह गरिएको छ ।



प्रतिक्रिया दिनुहोस !