१६ बैशाख २०८१, आइतबार

मुग्लिन-नारायणगढ सडकखण्ड पुनः अवरुद्ध

प्रकाशित मिति :  2 July, 2023 8:03 am


काठमाडौँ । नारायणगढ–मुग्लिन सडक पुन: अवरुद्ध भएको छ । शनिवार राति साढे ११ बजेतिर तीन नम्बर पुल नजिक ढुंगासहित खसेको पहिरोले सडक पुनः अवरुद्ध भएको हो ।

अहिले पहिरो पन्छाउने तयारी भइरहेको इलाका प्रहरी कार्यालय मुग्लिनले जनाएको छ । लगातार पहिरो खस्दा २७ घण्टादेखि अवरुद्ध भएको सडक शनिबार साँझ ५ बजेदेखि सञ्चालनमा आएको थियो । गएराति साढे ११ बजे खसेको पहिरोले पुन: दुईतर्फी नै सडक अवरुद्ध भएको मुग्लिन प्रहरीले जनाएको छ ।

पहिरामा विद्युत्को तार रहेको र सो तार हटाएपछि पहिरो पन्छाउन सुरु गरिने इलाका प्रहरी कार्यालय मुग्लिनका प्रमुख प्रहरी निरीक्षक विशाल तामाङले जानकारी दिए । पहिरो हटाउन उपकरण तयारी अवस्था रहेको उनले बताए ।

पटक–पटक पहिरोका कारण सडक बन्द हुँदा पूर्व र पश्चिम हुँदै काठमाडौं ओहोरदोहोर गर्ने यात्रु समस्यामा परेका छन् ।



प्रतिक्रिया दिनुहोस !