१४ बैशाख २०८१, शुक्रबार

परीक्षणको दायरा समुदायस्तरमा छिटो विस्तार गर्न कांग्रेस सभापति देउवाको आग्रह

प्रकाशित मिति :  20 April, 2020 3:23 pm


काठमाण्डौं,८ वैशाख । 

नेपाली काँग्रेसका सभापति शेरबहादुर देउवाले कोभिड–१९ को जोखिम सामना गर्न परीक्षणको दायरा समुदायस्तरमा तीव्र रुपले विस्तार गर्नुपर्नेमा जोड दिएका छन् ।

आज एक प्रेस वक्तव्यमार्फत पर्याप्त स्वास्थ्य सामग्री एवं पर्याप्त राहतको बन्दोबस्त गरेर सरकारले परिस्थितिलाई थप असहज बन्नबाट रोक्नुपर्ने बताएका हुन् ।

कुनै पनि व्यक्तिको निश्चित आस्था र समुदायको भावनामा असर पर्ने ढङ्गले सरकार या कसैले पनि कुनै पनि कार्य गर्न नहुनेमा सचेतताका लागि सभापति देउवाले अपील गरेका छन् ।

चुनौतीपूर्ण घडीमा अनेक समुदाय, विभिन्न धर्मावलम्बी, सबै जाति, वर्ग र क्षेत्रलाई संयम र आपसी एकताका लागि अपिल गर्दै उहाँले सबैको साथ र सबैको विश्वासले नै आजको सङ्कटबाट पार पाउन सकिने यथार्थ सभापति देउवाले स्मरण गराएका छन् ।



प्रतिक्रिया दिनुहोस !