यी पाँच प्रदेशमा भारी वर्षा हुने
काठमाडौँ । हाल देशमा मनसुनी वायुको प्रभाव रहेको छ। जल तथा मौसम पूर्वानुमान महाशाखाको जानकारी अनुसार हाल गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशमा सामान्य देखि पूर्ण बदली रही बाँकी प्रदेशमा आंशिक देखि सामान्य बदली रहेको छ।
कोशी, गण्डकी र लुम्बिनी प्रदेशका केही स्थानहरूमा र बाँकी प्रदेशका थोरै स्थानहरुमा मेघ-गर्जनरचट्याङ्ग हल्का देखि मध्यम वर्षा भइरहेको छ ।
आज दिउँसो देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। साथै कोशी र गण्डकी प्रदेशको एक-दुई स्थानमा मेघ-गर्जन र चट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ।
त्यस्तै राति देशभर सामान्य देखि पूर्ण बदली रहनेछ। देशका केही स्थानहरूमा हल्का देखि मध्यम वर्षाको सम्भावना रहेको छ। कोशी, मधेश, गण्डकी, लुम्बिनी र सुदूरपश्चिम प्रदेशको एक\दुई स्थानमा मेघ-गर्जनरचट्याङ्ग सहित भारी वर्षाको समेत सम्भावना रहेको छ। मधेश प्रदेश र लुम्बिनी प्रदेशको तराईका थोरै स्थानहरूमा हावा हुरीको समेत सम्भावना रहेको छ।








