१८ बैशाख २०८१, मंगलबार

प्रतिनिधिसभा बैठक बस्दै, यस्तो छ कार्यसूची

प्रकाशित मिति :  5 July, 2023 7:26 am


फाइल फाेटाे।

काठमाडौँ । आज प्रतिनिधिसभा बैठक बस्दै छ । दिउँसो ३ बजे सङ्घीय संसद् भवन नयाँ वानेश्वरमा बैठक बोलाइएको छ ।

आजको बैठकमा राष्ट्रिय सभामा उत्पत्ति भएको नेपाल विश्वविद्यालय विधेयक २०८० को सबन्धमा राष्ट्रिय सभाबाट प्राप्त सन्देशसहितको विधेयक टेबुल हुनेछ ।

त्यस्तै कानुन, न्याय तथा संसदीय मामिला मन्त्री धनराज गुरुङले मुलुकी संहिता सम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक २०८० माथि दफावार छलफल गरियोस् भन्ने प्रस्ताव पेस गर्नेछन् ।

सो विधेयकमाथि छलफल भएपछि त्यसमा आएका संशोधनहरू निणार्याथ प्रस्तुत हुनेछ भने त्यस विधेयकलाई आजै पारित गर्ने सम्भावित कार्यसूची रहेको छ ।



प्रतिक्रिया दिनुहोस !