१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा बैठकमा नेकपा एमालेका सांसदले मागे प्रधानमन्त्रीको राजीनामा

प्रकाशित मिति :  5 July, 2023 3:46 pm


काठमाडौं । प्रमुख प्रतिपक्षी दल नेकपा एमालेले प्रधानमन्त्रीको राजिनामा माग गर्दै राष्ट्रियसभा बैठक अवरुद्ध गरेको छ ।

राष्ट्रियसभाका एमाले संसदीय दलका नेता देवेन्द्र दाहालले प्रधानमन्त्रीले केही दिनअघि भारतीय नागरिक प्रितम सिंह आफूलाई प्रधानमन्त्री बनाउन पटक पटक दिल्ली गएको भन्ने अभिव्यक्ति आफूहरुलाई स्वीकार्य नभएको नभएको बैठक अवरुद्ध गरेका छन् ।

‘प्रधानमन्त्री दाहालले आफू व्यवसायी सिंहको प्रयासमा भारतको इसारामा प्रधानमन्त्री बनेको अभिव्यक्ति स्वीकार्य हुँदैन । दाहालले भने उहाँले तुरुन्तै राजिनामा दिनुपर्छ र मार्गप्रशस्त गर्नुपर्छ । भारतको इशारामा, भारतको नेतृत्वमा र भारतको संयोजनमा भएको प्रधानमन्त्री हामीलाई स्वीकार्य छैन, प्रधानमन्त्रीले राजीनामा नदिएसम्म बैठक चल्न दिँदैनौं’ उनले भने ।

एमाले सांसदहरु बैठकबाट बाहिर निस्किएपछि राष्ट्रियसभा अध्यक्ष गणेश तिमिल्सिनाले दिउँसो ३ बजेसम्मका लागि स्थगित गरेको बैठक अझै सुरु हुन सकेको छैन ।



प्रतिक्रिया दिनुहोस !