१८ बैशाख २०८१, मंगलबार

केही समयभित्रै माओवादीहरूबिच एकता हुने प्रचण्डको दाबी

प्रकाशित मिति :  5 July, 2023 5:18 pm


काठमाडाैँ । नेकपा एकीकृतमा अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले केही समयभित्रै माओवादीहरूबिच एकता हुने दाबी गरेका छन् ।

समाजवादी मोर्चा पार्टी एकता गर्ने उद्देश्यबाट बनेको भन्दै केही समयभित्रै एकताको निश्चित रहेको बताए ।

उनले समाजवादी मोर्चालाई देशभर लैजानका लागि बैठक बसेर केही दिनभित्र निर्णय लिने पनि बताए । आफ्नो साथ छोडेर गएकाहरू पनि प्रचण्डबिना हुँदैन भनेर आउनु खुशीको कुरा भएको बताए ।

उनले भने,“केही समयभित्रै माओवादीहरूको एकता निश्चित छ । कसैले रोक्न सक्दैन । त्यो प्रक्रिया अघि बढीसकेको छ ।”
हिजो विभाजित भएर जानेहरूले अहिले एकताको कुरा गरिरहेको प्रचण्डको भनाई थियो ।

उनले भने,“अहिले भर्खरै समाजवादी मोर्चा बनेको छ । पार्टी एकता गर्ने उद्देश्यले मोर्चा बन्यो । अस्ति राष्ट्रिय सभागृहमा समाजवादी मोर्चाको घोषणा भयो । हामी एक, दुई दिनभित्र बैठक बसेर देशभर एकताको अभियान लिएर जाँदैछौँ । पहिला प्रचण्डले बिगार्‍यो, प्रचण्ड बिग्रियो, भनेर साथीहरूलाई लाग्यो, धेरै नै सराप्नु पनि भयो, आज ती साथीहरू प्रचण्ड बिना हुँदैन भन्न थाल्नुभएको छ । यो सबैको लागि खुशीको कुरा हो ।”



प्रतिक्रिया दिनुहोस !