१८ बैशाख २०८१, मंगलबार

राष्ट्रियसभा बैठक बस्दै

प्रकाशित मिति :  6 July, 2023 7:33 am


काठमाडौँ । राष्ट्रियसभा बैठक बस्दै छ । संघीय संसद् भवन, नयाँ बानेश्वरमा बैठक दिउँसो १ बजे बोलाइएको छ ।

वुधबार दिउँसो २ः३० बजे बोलाइएको बैठक आधा घण्टा स्थगित गरी ३ः०० बजे बोलाइएको थियो । तर, प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले राजीनामा नदिएसम्म संसद् चल्न नदिने प्रमुख प्रतिपक्ष दल नेकपा एमालेले अडान कायम राखेका कारण दिउँसो ४ः४६ बजे बोलाइएको थियो । सो बैठक पनि सञ्चालन हुन नसके पछि आजका लागि बैठक बोलाइएको हो ।

भारतले नेपालको प्रधानमन्त्री बनाउने आशयको अभिव्यक्ति दिए पछि प्रतिपक्षी दलहरूले सदन अवरुद्ध गरेका थिए । उनीहरूले प्रधानमन्त्रीले राजीनामा दिनु पर्ने अडान कायमै राखेका छन् ।



प्रतिक्रिया दिनुहोस !