१८ बैशाख २०८१, मंगलबार

कांग्रेस जिल्ला सभापतिहरुको बैठक बस्दै

प्रकाशित मिति :  6 July, 2023 9:53 am


काठमाडौँ । नेपाली कांग्रेसका जिल्ला सभापतिहरूको बैठक बस्दैछ । आज दिउँसो १२ बजे सानेपास्थित पार्टी केन्द्रीय कार्यालयमा बैठक बस्न लागेको हो । पार्टीका महामन्त्रीद्वय गगन थापा र विश्वप्रकाश शर्माले जिल्ला सभापतिहरूलाई छलफलका लागि काठमाडौं बोलाएका हुन् ।

बैठकमा सभापति उपस्थित हुन नसके उपसभापति उपस्थित हुने, भौतिक रूपमा उपस्थित हुन नसके भर्चुअल अन्तर्क्रियामा सहभागी हुनसक्ने व्यवस्था समेत गरिएको छ ।

बिहिबार र शुक्रबार सञ्चालन हुने बैठकमा मुख्य छलफल पार्टी सदस्यता वितरण, नवीकरण र पार्टी सञ्चालन विधिबारे हुने छ । जिल्ला सभापतिहरूले क्रियाशील सदस्यको जिल्लागत अवस्था जानकारी गराएपछि त्यसमाथि छलफल हुने तय भएको छ ।



प्रतिक्रिया दिनुहोस !