१८ बैशाख २०८१, मंगलबार

बालुवाटारमा सत्तागठबन्धनको बैठक जारी

प्रकाशित मिति :  6 July, 2023 11:08 am


काठमाडौं । प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा सत्तारुढ गठबन्धनको बैठक जारी रहेको छ ।

केही बेर अघिबाट सुरु भएको बैठकमा संसद्को अवरोध हटाउने विषयमा छलफल जारी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा कोशी प्रदेशको मुख्यमन्त्री चयन तथा मिटरव्याजविरुद्धको अध्यादेश निष्क्रिय भएको विषयमा पनि छलफल केन्द्रित रहेको स्रोतले जनाएको छ ।

बैठकमा सरकारको नेतृत्वकर्ता दल नेकपा माओवादी केन्द्रका अध्यक्ष समेत रहेका प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड, नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवा, जसपाका अध्यक्ष उपेन्द्र यादव, एकीकृत समाजवादीका उपाध्यक्ष राजेन्द्र पाण्डे, नागरिक उन्मुक्ति पार्टीकी अध्यक्ष रञ्जिता चौधरी, लोसपाका अध्यक्ष महन्थ ठाकुर, जनमतका अध्यक्ष सीके राउत लगायतका नेता सहभागी छन् ।



प्रतिक्रिया दिनुहोस !