१८ बैशाख २०८१, मंगलबार

दाङबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लाग्यो,२ जनाको मृत्यु

प्रकाशित मिति :  6 July, 2023 11:44 am


दाङ । दाङको तुल्सीपुरबाट रोल्पा जाँदै गरेको बसमा करेन्ट लाग्दा दुइ जनाको मृत्यु भएको छ ।

सल्यान कपुरकोट गाउँपालिकाको वडा नम्बर-३ चोरखोलामा तारले बसमा छुँदा करेन्ट लागेको हो ।

रा १ ख ८३४ नम्बरको बसमा ३३ के.भी. प्रसारण लाईनको पोलको तारमा बसले छुँदा २ जनाको घटनास्थलमै मृत्यु भएको वडा अध्यक्ष प्रदिप खड्काले जानकारी दिए । मृत्यु हुनेमा दलसिंगेका कालुराम डाँगी र टोपीलाल डाँगी रहेका छन् । उनीहरू बाबुछाेरा हुन् ।

बसका मालिक घाइते भएका छन् । अन्य यात्रु भने सकुसल रहेकाे अध्यक्ष खड्काले जानकारी दिए ।



प्रतिक्रिया दिनुहोस !