१८ बैशाख २०८१, मंगलबार

एलिजा गौतमले लिइन् राजनीतिबाट सन्न्यास

प्रकाशित मिति :  6 July, 2023 12:52 pm


काठमाडौँ । नागरिक उन्मुक्ति पार्टीकी महिला विभाग प्रमुख तथा केन्द्रीय सदस्य एलिजा गौतमले सक्रिय राजनीतिबाट बिदा लिएको बताएकी छिन् ।

गौतमले फेसबुक पेजमार्फत सोबारे घोषणा गरेकी हुन् । एलिजा फाउन्डेशद्वारा सुनसरीको एक विद्यालयमा शैक्षिक सामाग्री वितरणमा पुगेकी गौतम धरान पुगी धरानका मेयर हर्क साम्पाङसँगै वृक्ष रोपण समेत गरेकी छन् । सो क्रममा उनले श्रम शिविरका लागि व्यक्तिगत तर्फबाट १० वटा साबेल पनि प्रदान गरेको जानकारी दिइन् ।

धरान उपमहानगरपालिकाका मेयक हर्क साम्पाङको कामबाट प्रवाभित भएको बताउँदै दलको सक्रिय राजनिति गर्नेहरुलाई धरानमा आएर हर्क साम्पाङको काम समेत हेर्न अनुरोध गरेकी छिन् ।

उनले सक्रिय राजनितिबाट बिदा लिइ समाजसेवामै सक्रिय रहेने सोही पोष्ट मार्फत घोषणा गरेको जानकारी दिइन् ।



प्रतिक्रिया दिनुहोस !