६ जेष्ठ २०८१, आइतबार

प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न सकिँदैनः प्रमुख सचेतक पाण्डे

प्रकाशित मिति :  6 July, 2023 2:11 pm


काठमाडाैँ । नेकपा (माओवादी केन्द्र) का प्रमुख सचेतक हीतराज पाण्डेले प्रधानमन्त्रीको राजीनामा कल्पना गर्न पनि नसकिने बताएका छन् । 

बिहीवार प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा बसेको सत्तारुढ दलहरुको बैठकपछि सञ्चारकर्मीहरुसँग कुरा गर्दै उनले प्रधानमन्त्री पुष्पकमल दाहालले आफूले दिएको अभिव्यक्तिका बारेमा संसदमा आफ्ना धारणा राख्ने र भावनात्मक विषयवस्तुलाई अर्कै प्रसंगमा बोलिएका व्यक्तिगत कुरालाई लिएर सदन अवरुद्ध गर्नु उचित नभएको बताएका हुन् ।

उहाँले बाहिरको विषयवस्तुलाई संसदमा ल्याएर एकैपटक प्रधानमन्त्रीको राजिनामा माग्नु नौलो कुरा भएको उल्लेख गरे । 

प्रमुख सचेतक पाण्डेले प्रधामन्त्रीले संसदमा आफ्ना कुरा राख्न नपाउने भए कसले पाउने हो ? भन्दै प्रश्न गरे ।



प्रतिक्रिया दिनुहोस !