७ बैशाख २०८१, शुक्रबार

राष्ट्रपतिद्धारा सरकारले सिफारिस गरेका दुईवटा अध्यादेश जारी

प्रकाशित मिति :  20 April, 2020 7:01 pm


काठमाण्डौं,८ वैशाख ।

राष्ट्रपति विद्यादेवी भण्डारीले राजनीतिक दल विभाजन र संबैधानिक परिषद्को गणपुरक संख्यासम्बन्धी अध्यादेश जारी गरेकी छन् । आजै दिउँसो बसेको मन्त्रीपरिषद्ले स्कीकृत गरेको दुइवटै अध्यादेश राष्ट्रपतिले आजै जारी गरेकी हुन् ।

यसअघि दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा बसेको मन्त्रिपरिषद् बैठले पार्टी फुटाउन केन्द्रीय समिति र संसदीय दलमा कम्तिमा ४० प्रतिशत हुनै पर्ने प्रवधानलाई संसोधन गर्न अध्यादेश स्वीकृत गरेको थियो ।

अध्यादेश अनुसार पार्टी फुटाउन केन्द्रीय समिति वा संसदीय दल मध्य एकमा ४० प्रतिशत भए पुग्ने छ । यस्तो अध्यादेश आएपछि सत्तारुढ नेकपाभित्र तरंग फैलिएको छ ।

यस्तै संवैधानिक परिषदको बैठकमा गणपूरक संख्या पाँच जनाबाट चार जनामा झार्ने अध्यादेश पनि मन्त्रिपरिषद्ले स्कीकृत गरेको थियो । अध्यादेश अनुसार विपक्षी दलको नेता विनै पनि संवैधानिक निकायमा नियुक्ति गर्न सकिने छ ।



प्रतिक्रिया दिनुहोस !