कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त
प्रकाशित मिति : 6 July, 2023 5:36 pm
काठमाडौँ । कोशी प्रदेशको मुख्यमन्त्रीमा उद्धव थापा नियुक्त भएका छन् ।
प्रदेश प्रमुख परशुराम खापुङले आज थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन् ।
नेपाली कांग्रेस संसदीय दलका नेता थापा कोशी प्रदेशको पाँचौ मुख्यमन्त्रीको रुपमा नियुक्त भएका छन् ।
थापाले आज नै सभामुख बाबुराम गौतमसहित आफ्नो पक्षमा बहुमत संख्या अर्थात ४७ जनासहित मुख्यमन्त्रीमा दाबी गरेका थिए ।
दाबी पेश गरे लगत्तै खापुङले थापालाई मुख्यमन्त्रीमा नियुक्त गरेका हुन्।








