१० पुस २०८२, बिहिबार

आजदेखि साउने सोमबारको व्रत शुरु, देशभरका शिव मन्दिरमा भक्तजनको भीड

प्रकाशित मिति :  10 July, 2023 9:50 am


काठमाडौँ । आजदेखि साउने सोमबारको व्रत शुरु भएको छ । पशुपति लगायत देशभरका शिव मन्दिरमा दर्शनार्थीहरुको भीड लागेको छ ।

प्रत्येक वर्ष गुरु पूर्णिमादेखि जनैपूर्णिमाको सोमबारलाइ विशेष गर्री शिवजीको आराधाना गर्ने गरिन्छ । सौरमास अनुसार यस वर्ष साउन महिनामा अधिकमास परेको छ ।

दुईवटा सोमबारपछि अधिकमास सुरु हुने नेपाल पञ्चाङ्ग निर्णायक समितिको पात्रोमा उल्लेख गरिएको छ । साउनमा अधिकमास परे पनि नित्य रुपमा साउन महिनामा दर्शन गर्न आउने भक्तजनका लागि पूजा, आराधना र दर्शन गर्ने व्यवस्था मिलाइएको पशुपति विकाश कोषले जनाएको छ ।

साउन महिना शिव भगवानको विशेष महिना भएकाले साउनभर शिव आराधाना गर्नाले शिव प्रशन्न भइ मनले आटेका काम पूरा हुने विश्वास रहेको छ । साउन महिनामा पशुपतिनाथ मन्दिरमा सुन्दरीजलबाट बोलबम यात्रा गरी जल चढाउने भक्तजनको पनि भीड लाग्ने गर्छ। नेपालमात्रै नभइ भारतबाट समेत साउन महिनामा पशुपतिनाथ दर्शनका लागि भक्तजनहरु आउने गरेका छन् ।



प्रतिक्रिया दिनुहोस !